जेठ ९, कञ्चनरूप । सप्तरीको महादेवा गाउँपालिका ६ ढिकुलीमा मंगलबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।


आफ्नै घरको छतमा जस्ता राख्ने क्रममा स्थानीय २५ वर्षका जवाहर मण्डलको करेन्ट लागेर मंगलबार बिहान करेन्ट लागेको थियो ।
करेन्ट लागे जवाहरलाई छुटाउने क्रममा उनका काका ५१ वर्षका उमेशलाई पनि करेन्ट लाग्दा दुवैलाई उपचारका लागि राजविराजस्थित अस्पताल ल्याँउदा चिकित्सकले जवाहरलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उमेशको अस्पतालमै उपचार भईरहेको छ भने उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसैगरी रुपनी ६ विरेन्द्र बजारमा बाँस काट्दा बाँस विजुलीको तारमा छुन गई स्थानीय ३२ वर्षका कुमार थापालाई करेन्ट लागेको छ । उनको रुपनी स्थित युनिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।












