जेठ १५, कञ्चनरुप । राजविराजमा एक जना प्रेमीले लिभिङ टुगेदरमा बस्दै आएकी प्रेमिकाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।


केहि समय देखी बलान बिहुल गाउँपालिका वडा नम्बर ६ की ४१ वर्षीया सोनिता देवी यादव र राजविराज ६ का ४२ वर्षका शंकर शर्मा लिभिङ टुगेदर सम्बन्धमा राजविराज ४ स्थित डेरा कोठामा बस्दै आएका थिए ।
लिभिङ टुगेदरमा बस्दै आएका शंकरलाई सोनितामाथि शंकागर्न थाले र अरु व्यक्तिसँग सम्बन्ध छ की भन्ने शंका रहेका वेला सोनितालाई राजविराज बजारमा कोहि केटासँग गफ गरिरहेको देखे पछी २३ बैशाखको साँझ दुवैबीच विवाद भयो । उनीहरू विवादको होहल्ला हुँदा घरधनी शान्ति साह उनीहरूको कोठामा आएकी थिइन् । उनीहरू दुवैले लेनदेनको विवाद भएको बताएर घरधनी गइन ।

२३ बैशाखमा दुबै जनाले चाउचाउ पकाएर खाए । राती करिब ११ बजेतिर सोनिताको लागि धेरै रकम खर्च गरेको, अहिले आएर उनी अरुसँग लागेको, आफूसँग टाढा हुँदै गएको महसुस भएपछि पुनः दुवैबीच विवाद हुन थालेको थियो । विवादकै क्रममा शंकरले मेरो पैसा, मेरो जिन्दगी सबै बर्बाद पारिस् भन्दा सोनिताले आफ्नो सलले आफैं घाँटीमा बेरी म मरिदिन्छु भनी धम्क्याउन थालेकी थिइन् । ‘तँ किन मर्छेस्, मै मारिदिन्छु भनी शंकरले धकेल्छन् । धकेल्दा सोनिता खाटको किनारमा ठोक्किन पुगिन्’ एसपी कार्कीले भने, ‘सोनिताको अनुहारमा चोट लागेको पाइएपछि शंकरले उठाएर खाटमा राखेको र घाँटीमा बेरिएको सललाई जोडले कसेछन् । ८ ÷१० मिनेट पछि नै सोनिताको मृत्यु भएपछि शंकर उनले कानमा लगाएको मुन्द्रा र मोबाइल लिएर भागे ।’
सोनितालाई मारे । शंकर सो दिन भारतको अन्द्रामण्ठतिर गएर बसे । मृतकको मोबाइल प्रयोग गरी शंकरले राजविराज ६ बस्ने दिदीलाई घट्नाको बारेमा जानकारी गराउँदै गएर हेन्र अह्राएपनि उनकी दिदीले सो कुरा अस्वीकार गरेकी थिइन् ।
प्रहरीले शंकरलाई २६ बैशाखमा तिलाठी कोइलाडी गाउँपालिका १ क्षेत्रबाट पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।












