Logo

अत्यधिक गर्मीका कारण कञ्चनरूपमा पाँच दिनको लागि सबै विद्यालय बन्द

                     
Logo १८ जेष्ठ २०८०, बिहीबार १७:०३    

१८, जेष्ठ कञ्चनरूप । विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण जिल्लाको कञ्चनरूप नगरपालिकाले पाँच दिन को लागि सामुदायिक तथा संस्थागत विद्यालयहरू बिदा गरेको छ  ।

विगत केही दिनदेखि बढेको गर्मीका कारण सप्तरी जिल्ला सहित तराईका विभिन्न जिल्लामा जनजीवन कष्टकर बन्दै गइरहेको र बालबालिका लाई विद्यालयमा पठन पाठन गर्न गराउन गारो भएको जनाउदै

कञ्चनरूप नगरपालिकाले जेठ १९ गते देखी जेठ २३ गते सम्म पालिका भित्रका  सामुदायिक तथा संस्थागत विद्यालयहरू  बन्द गर्ने सूचना जारी गरेको छ ।

गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको नगरपालिकाबाट जारी सूचनामा उल्लेख छ । आजदेखि सो पालिकाका सबै सामुदायिक संस्थागत विद्यालयहरू  बन्द गर्न निर्देशन दिइएको छ ।

सप्तरी लगायत तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?