Logo

राजविराज नगर क्षेत्रका विद्यालयमा २३ गते सम्म बिदा

                     
Logo १८ जेष्ठ २०८०, बिहीबार २१:११    

१८, जेष्ठ कञ्चनरूप । विगत केही दिन देखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन एवम् विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने भन्दै राजविराज नगरपालिकाले नगरभित्रका विद्यालयमा ५ दिनको बिदा दिएको छ ।

नगरपालिकाको शिक्षा शाखाले बिहीवार एक सूचना जारी गर्दै शुक्रबारदेखि जेठ २३ गते मङ्गलबारका दिनसम्म बिदा दिएको जनाएको छ ।

पछिल्लो ४ दिन यता अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण जिल्लाको कञ्चनरूप नगरपालिकाले पाँच दिन को लागि सामुदायिक तथा संस्थागत विद्यालयहरू बिदा गरेको छ  । सप्तरी लगायत तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?