Logo

कञ्चनरूपलाई क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु

                     
Logo १९ जेष्ठ २०८०, शुक्रबार २०:२७    

१९ , कञ्चनरूप । कञ्चनरूप नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका घोषण अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा अबको पाँच वर्षमा कञ्चनरूपलाई क्षयरोगमुक्त बनाउने अभियानको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

क्षयरोग मुक्त पालिका बनाउन स्थानीय पालिकामा नगरप्रमुखको संयोजकत्वमा नगर उपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समेत समिति गठन गरी काम सुरु गरिने भएको छ ।

कार्यक्रम अन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शङ्का लागेकाको परीक्षण गर्ने, वडास्तरमा सूक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य थालीले भएको छ । 

नगरपालिकाले पाँच वर्षमा क्षयरोग मुक्त गर्ने गरी पञ्चवर्षीय योजना बनाएर काम गरिने भएको छ । सरकारले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने अभियान थालेको छ ।

गरिबी, बसाइँसराइ लगायतका समस्याका कारण क्षयरोग फैलँदै गएको छ । स्वास्थ्य संस्थामा यसको उपचार निःशुल्क हुन्छ । स्वास्थ्य संस्थाले हरेक वर्ष क्षयरोग फैलन नदिन खोजपड्ताल कार्यक्रम गर्ने, क्षयरोगीको सम्पर्क र आसपासमा रहेकालाई परीक्षणको दायरामा ल्याउने कार्य गर्ने छन् ।

क्षयरोग मुक्त नगरपालिका घोषण अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा कञ्चनरूप स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत राम सेवक यादव, सिनियर अहेव डम्बर प्रसाद गुप्ता र वाग्मती सेवा समाजका सप्तरी हेर्न दीपक यादवले सहजीकरण गरेका थिए ।

सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि १ अर्ब १५ करोड विनियोजन गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?