Logo

सप्तरीको कञ्चनरूपमा नगर अस्पताल उद्घाटन

                     
Logo २१ जेष्ठ २०८०, आईतवार २१:४७    

२१ जेठ, कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका ८ कञ्चनपुरमा नगर अस्पतालको उद्घाटन गरिएको छ ।

साबिकको कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरवृद्धि गरी आज नगर अस्पतालको रुपमा उद्घाटन गरिएको हो ।

नगरप्रमुख ललन प्रसाद गुप्ताले नगर अस्पतालको उद्घाटन गरेका हुन ।प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरको प्राङ्गणमा स्थापना भएको अस्पताल २५ बेडबाट संचालन भएको छ । मंसिर १६ गते स्थापना गर्ने निर्णय भएपछि कार्यविधि बनाएर अस्पताल संचालन गरिएको छ । अस्पतालमा १ एमडी, २ एमबिबिएस चिकित्सकसहित ३० जना स्वास्थ्यकर्मीको टोली खटिनेछन । अस्पतालमा आकस्मिक, ओपिडी, सर्पदन्स, दाँत, आँखा र कानको उपचार, आकस्मिक प्रसुतीसहितका सेवा संचालन संचालन रहेकाछन ।

तत्कालका लागि पुराना संरचनामा अस्पताल सञ्चालन भए पनि निर्माणाधीन सुविधा सम्पन्न भवन तयार भए पछि थप जनशक्ति सहित नयाँ भवनमा सञ्चालन हुनेछ ।

एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सरकारको घोषित नीतिलाई कार्यान्वयन गर्दै कञ्चनरूपमा नगर अस्पताल स्थापना गरिएको नगरप्रमुख गुप्ताले बताए । 

नगरप्रमुख गुप्ताले कञ्चनरूप शहरको रुपमा विकास हुँदै गएको अवस्थामा अस्पताल बनेपछि एउटा खुड्किलो थपिएको बताए ।

यो अस्पतालबाट कञ्चनरूप नगरपालिका १२ वटै वडा सहित छिमेकी पालिकाहरू बासिन्दाहरू  लाभान्वित हुने नगरप्रमुख गुप्ताले बताए ।

नगर अस्पतालको उद्घाटन कार्यक्रममा मेयरका प्रत्यासी उममेदवार इन्द्रदेव कौडगीयाले नगर बासिको स्वास्थ्यको लागी आफूले गर्न सक्ने सहयोग गर्ने बताए ।

नेपाल पत्रकार महासंधका अध्यक्ष श्रवण देवले विगतमा यस स्वास्थ्य केन्द्रले दक्षिण एशियामा प्रसूतिको लागी एक नम्बर रहेको प्रसङ्ग उल्लेख गर्दै अझ राम्रो स्वास्थ्य सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

यसै गरी कञ्चनरूपकी प्रमुख प्रशासकीय अधिकृत रेणुका शाह, स्वास्थ्य शाखा प्रमुख राम सेवक यादव, जनमत पार्टीका कञ्चनपुर अध्यक्ष अनिल पञ्जियार, एमालेका कञ्चनरूप अध्यक्ष तथा ६ वडा  बच्चुलाल चौधरी , वडा नं. ८का वडा अध्यक्ष कृष्ण प्रसाद साह, कार्यपालिका सदस्य, तनुकलाल बरही र  सिवा अधिकारीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कञ्चनरूपका शिक्षा शाखा प्रमुख नवराज खड्का, कृषि शाखाका वेचन यादव, स्वास्थ्य शाखाका सुरेन्द्र यादव, स्वास्थ्य कर्मी। कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेका थियो भने कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा सिनियर अहेव डम्बर प्रसाद गुप्ताले गरेका थिए । कार्यक्रमको अध्यक्षता नगर अस्पतालका प्रमुख सञ्जय गुप्ताले गरेका थिए । 


लोकप्रिय छुटाउनुभयो कि ?