Logo

सप्तरीमा वडा अध्यक्ष  घुससहित पक्राउ

                     
Logo २३ जेष्ठ २०८०, मंगलवार २१:३५    

२३जेठ,कञ्चनरुप । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदालिदै गर्दा वडाध्यक्ष सवदुल मियाँ ५० हजार नगद सहित रंगेहात पक्राउ पक्राउ परेका हुन । वडा नम्बर ५ बकधुवाको निर्माणाधीन हिरावती आधारभूत विद्यालय भवन निर्माण सम्पन्न भएको सिफारिस दिन वडाध्यक्ष मियाँले घुस लिएको आरोपमा आयोगकोे टोलीले मंगलबार पक्राउ गरेको स्थानीयले जनाएका छन । अध्यक्ष मियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले नियन्त्रणमा राखी आवश्यक कारबाही अगाडि बढाएको जनाएको छ । वडा अध्यक्ष मियाँले योजना सम्पन्न भएको सिफारिस लिन जाँदा घुस माग्ने गरेको सेवाग्राहीहरुले गुनासो गर्दै आएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?