Logo

कञ्चनरूप नगरपालिकाद्वारा कञ्चनपुर वेरीयर बजार अनुगमन

                     
Logo २४ जेष्ठ २०८०, बुधबार २०:५३    

वाइ के रौनियार ( उमेश)                                                                                                                                                     २४, जेठ कञ्चनरूप  । सप्तरीको कञ्चनरूप नगरपालिकाले   वडा नंम्वर –८ स्थित कञ्चनपुर वेरीयर बजार अनुगमन गरिेएको छ ।

आज बुधबार कञ्चनरूप नगरपालिकाको कार्यालयका जन प्रतिनिधि सहित विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि एवम  पत्रकार सहितको टोलीले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।

कञ्चनपुर वेरीयर बजारमा रहेको खाद्य सामग्री राखेको पसल, डिलर, होटल, मदिरा पसल, माछा मासु व्यवसाय लगायतको बजार पसल अनुगमन गरिएको थियो । बजारमा म्याद गुज्रेका खाद्य सामान रहेको, मूल्य बढि लिएको गुनासोहरू आउने र खाद्य बस्तुहरू उपभोक्ताको हित अनुकुल छ छैन भन्ने जन गुनासो आउँन थाले पछि  अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत रेणुका शाहले बताइन । 

नगर प्रमुख ललन प्रसाद गुप्ताका अनुसार कञ्चनपुर वेरीयर बजार, पसल र होटलको अनुगमन गर्दा पसलमा म्याद गुज्रेका सामग्री छ/छैन, मूल्य सूची टाँस गरेको छ/छैन र होटलको किचनमा गुणस्तरीय छ/छैन भन्ने बारेमा अनुगमन गरिएको र एक पल्टलाई सम्झाउने कार्य गरेको बताए ।

यसै गरी अनुगमनका क्रममा व्यवसायीहरूलाई सम्झाउने बुझाउने काम गरिएको साथै केही म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु भेटिएकोले त्यसलाई जफत गरी नष्ट गरिएको र बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गर्ने समेत उप प्रमुख मुना पोखरेलले बताएकी छन । 

अनुगमनमा नगर प्रमुख, ललन प्रसाद गुप्ता उप प्रमुख मुना कुमारी पोखरेल , प्रमुख प्रशासकीय अधिकृत रेणुका शाह, प्रशासकीय अधिकृत नवराज खड्का, लेखा अधिकृत राजेश राज,  पशु पन्छि शाखाका प्रमुख देवाकान्त चौधरी, कृषि विकास शाखाका वेचन सोढक , कार्यपालिका सदस्य सिता पौडेल , पालिकाका कर्मचारी रञ्जना चौधरी , हरेराम , इलाका प्रहरी कार्यलयका प्रहरी टोली, नगर प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

जफत गरिएका  म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तुहरू उप प्रमुख मुना कुमारी पोखरेलको रोहबरमा नष्ट गरिएको थियो । 


लोकप्रिय छुटाउनुभयो कि ?