Logo

कंचनपुर–कमला फोरलेन सडक निर्माण कम्पनीको लापरवाही ,सडक आसपासका बासिन्दा डुबानमा

                     
Logo २० असार २०८०, बुधबार २१:३३    

२०,असार ,कञ्चनरूप । कंचनपुर–कमला फोरलेन सडक निर्माणको ठेक्का लिएको चाइनिज रेल्वे इन्जिनियरिङ कम्पनीको सडक निर्माण कार्य गर्दा नालाको ब्यस्ता गर्दा सडक आसपासका बासिन्दाहरू डुबानमा परेका छन ।

वर्षाको समयमा सडकको दुवै पट्टिको खान्ताबाट बग्ने पानी अहिले सर्वसाधारणको घरबाट बगे पछि लाखौको क्षति भएको छ ।

सडक निमार्ण कार्य गर्दा दुवै पट्टिबाट रोड थपिदा खन्ता भएर बग्ने पानी जथाभावी बग्दै बहाव परिवर्तन  गर्दा सडक छेउछाउका वासिन्दाले दुख बेहोर्नु परको छ ।

सडक निर्माणसंगै पुल र कलभर्ट निर्माणको कार्यलाई अलपत्र छोड्दा बुधबार भएको वर्षाले सप्तरीको विरेन्द्र बजार देखी कञ्चनपुर सम्मका वासनाको घर डुबानमा परेको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?