Logo

नेपालका नेताहरू, खासगरी प्रधानमन्त्री भएकाहरू सबै ‘दिल्ली परस्त : जय प्रकाश आनन्द

                     
Logo २० असार २०८०, बुधबार २२:२२    

पुरानो कुरा खोज्दै गर्नु होला। यताका कुराहरू त जगजाहेर छ। नेपालका नेताहरू, खासगरी प्रधानमन्त्री भएकाहरू सबै ‘दिल्ली परस्त’ रहेका छन्। शासनसंग सम्बन्धित अपवादका बाहेक लगभग हरेक निर्णयमा दिल्लीको हस्तक्षेप रहेको छ वा यहाँका नेताहरूले दिल्लीको हस्तक्षेपलाई आमन्त्रण दिएका छन्।

गिरिजा प्रसाद कोइरालालाई पहिलो राष्ट्रपति बन्न नदिनु आफूबाट भएको ठुलो गलती थियो भनेर यता प्रचण्डले बारम्बार भनिरहेका छन्। तेस बखत उनी राष्ट्रपतिका दाबेदार थिएनन्। कार्यकारी राष्ट्रपति नहुने भएपछि प्रचण्डको दाबी रहेन। तापनि प्रचण्डले कसको दबाबमा गिरिजा प्रसादलाई राष्ट्रपतिमा स्वीकारेनन्। अब कुनै दिन उनले अवश्य पनि भन्ने छन्।

रामराजा प्रसाद सिंहलाई जोडबलले राष्ट्रपति हुन दिईएन। माओवादी, मधेसी जनअधिकार फोरम, तमलोपा गरी उनको पक्षमा स्पष्ट बहुमत थियो। रामराजा प्र। को पक्षमा मतदान गर्नु उपेन्द्र यादवको नैतिक दायित्व र कर्तव्य पनि थियो। दायित्व यस कारणले कि फोरम र माओवादीका बीच समझदारी थियो। कर्तव्य(यस कारणले कि उनी मधेसी थिए र उपेन्द्रका प्रति उनको ठुलो योगदान थियो। यसका बावजुद अचानक, मतदान भन्दा केही घन्टा अघि उपेन्द्रले तम्बु परिवर्तन गरी डा। रामवरण यादवलाई राष्ट्रपति बनाउन काँग्रेस(एमालेका साथ गए। कसले र कुन शक्तिले यो दिशा परिवर्तन गरायोरु

प्रचण्डको प्रधानमन्त्रीत्वमा नेपाली सेनाको प्रधान सेनापतिलाई हटाउने निर्णय भयो। प्रचण्ड सरकारको तेस निर्णयका विरुद्ध तत्कालीन सत्ता गठबन्धनका सहभागी एमाले, काँग्रेस सबैको संयुक्त बिज्ञप्ति निस्कियो। राष्ट्रपति समक्ष संयुक्त निवेदन दिइयो। मधेसी जन अधिकार फोरमले हस्ताक्षर नगरेर उसको लागि बिस भयो। तेस बेला एक दुतावासको खुला सक्रियताको आज किन चर्चा हुदैन रु तेस बारे दुतावासले निकालेको प्रेस नोटको आज चर्चा गरिदैन।

प्रचण्डले प्रमबाट राजिनामा दिए, नयाँ सरकार बन्ने भयो। कांग्रेसको समर्थन एमालेका माधव कुमार नेपाललाई भयो। तथापि बहुमत पुगेन। प्रधान सेनापति प्रकरणमा हस्ताक्षर नगरेर बिष बनेको मधेसी जन अधिकार फोरम विभाजित भयो। विजय गच्छदार ५३ मध्ये २५ जना सांसद लिएर माधव नेपालको सरकारमा सहभागी भए। अरू मधेसी दल पनि टुक्रिए। भलै आज उपेन्द्र यादवले मौन ब्रत राखेको होस् तर तेती खेर तेस विभाजनका लागि उनले भारतलाई दोष दिए। फोरमको त्यो विभाजन अनि छिमेकीको सक्रियता तेस बेला एमाले(काँग्रेस सबैका लागि लाभकारी थियो।

दोस्रो संविधान सभाको निर्वाचन पूर्व, दोस्रो संविधान सभाले स्वामित्व लिनुपर्ने आधारभूत विषयहरूमा सहमति बनाउनका लागि उपत्यकाको ‘हाथीवन रेसोर्ट’मा भएको सर्वदलीय सहमतिमा हस्ताक्षर हुदाँका बखत एक जना राजदूतको उपस्थिति बारे आज कोही बोल्दैनन्। तर, तेसको भोली पल्ट निस्केका अखबारहरूमा समाचार त आयो नै। तेही बैठकमा महन्थ ठाकुर आँसु पिएर हस्ताक्षर गरेको पनि समाचार आयो। यी सब मधुप्रिय हस्तक्षेपहरू थिए, जसको संझना आज सान्दर्भिक रहेन।

लोकमान सिंह कार्की कसरी अख्तियारका प्रमुख भए। कुन शक्ति थियो जसको जोडबलले लोकमानसिंह कार्कीको नाममा सहमति बन्यो। प्रचण्ड प्रमको रूपमा रहेकै बेला उनै लोकमानले ककडीका साथ विमान स्थलमा उनलाई पर्खिने तारतम्य त लोकमानले मिलाएकै थिए। यो भिन्नै कुरो हो कि आफ्नो नियुक्तिको उपादेयता साबित गर्न नपाउँदै उनि फसादमा परें। खिलराज रेग्मी कसरी सरकार प्रमुख हुन पुगेरु बि।स। २००७(०१५ को कालखण्ड पछि यो पहिलो अवसर थियो जतिखेर राजनीतिक बिमतिको नाममा खिलराज रेग्मी जस्ता व्यक्तिलाई मुलुकको सरकार प्रमुख बनाइएको होस। कसको हस्तक्षेप र कस्तो परिस्थिति थियो त्योरु तेस बेलाका राष्ट्रपति डा। रामवरण यादवले खिलराजलाई सरकार प्रमुख बनाउनु परेको बाध्यता आफ्नो कार्यकालको सबैभन्दा अपमानजनक काम बताएको कुराले नेपाली राजनीतिको लज्जाजनक पक्षलाई जनाई रहनेछ।

यी त यताका समयका केही घटनाहरू हुन्। सुशील कोइरालालाई किन प्रधानमन्त्री हुन दिईएन र पछि कसरी प्रधामनमंत्री भए। ओली तथा शेर बहादुर आदि सबै। यसको लामो फेहरिस्त हुन्छ। सरकार प्रमुख हुनु, काँग्रेस(एमालेका सभापति तथा अध्यक्ष हुनु, निर्वाचनमा छिमेकी मुलुकहरूसँग रुपियाँ पैसा संसाधनहरू लिनु त सामान्य कुरो हो। यसमा के राजनीतिक दल, के राजा( राजा रङ्क सब समान रहेका छन्। ज्ञानेन्द्र शाहको लागि रबिन्द्र मिश्रले ‘प्रिन्ट’ मार्फत भारतलाई निवेदन त दिएको हो नि१

एक समय भारतमा आश्रय लिएका माओवादीले प्रोफेसर एस डी मुनी मार्फत भारत सरकारलाई दिएको निवेदन भन्दा लगातार ज्ञानेन्द्र शाहको लखनउ यात्रा र रबिन्द्रको ‘प्रिन्ट’ मा छापिएको निवेदन( कुन अर्थमा फरक छरु

अहिले प्रचण्डले नयाँ कुराबाट राजनीतिलाई तरंगित पारेका छन्। उनको बोलीको अर्थ जे लागे पनि, मुलुकको शान तथा सम्मानमा जस्तो ठेस लागेको भनिए पनि समसामयिक नेपालको सत्य प्रचण्डले बोलेका हुन्। उनले किन बोलेरु यस समयलाई किन रोजे( यी सब कुराहरू आफ्नो ठाँउमा ठिक होला। तर, प्रचण्डले वर्तमान नेपाली राजनीतिको हकिकतलाई उजागर गरेका छन्। कुन वेश्या होलान्, जसलाई सार्वजनिक रूपमा वेश्या भनिएको मन पर्ला !

यो लेख जय प्रकाश आनन्द फेसबुक पेजबाट लिएका हौ ।


लोकप्रिय छुटाउनुभयो कि ?