२१ असार,राजविराज ।


संसद् अवरोधले मिटरब्याज सम्बन्धी अध्यादेश निष्क्रिय बनाएको भन्दै मिटरब्याज पीडितले राजविराजमा बिहीवार एमाले विरुद्ध प्रदर्शन गरेका छन् ।
जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएका पीडितहरूले मिटरब्याजी संरक्षक एमाले मुर्दावाद ,नेपाल सरकार जिन्दाबाद ,मिटरब्याजी पीडितलाई न्याय दे लगायतका विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर नारा लगाउँदै पीडितहरूले जुलुस प्रदर्शन गरेका छ्न ।














