Logo

प्रधानमन्त्री प्रचण्ड धर्मपत्नी सीता दाहालको निधन

                     
Logo २७ असार २०८०, बुधबार ०९:३९    

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ ।

लामो समयदेखि बिरामी परेर उपचाररत ६९ वर्षीया दाहालको आज बिहान ८स्३३ बजे नर्भिक स्पतालमा निधन भएको हो ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड सहित विशिष्ट व्यक्तित्वहरु, पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन्

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ


लोकप्रिय छुटाउनुभयो कि ?