२६ असार , कञ्चनरूप । सप्तरीको रूपनीमा ट्रकको ठक्करले घाइते भएका बालकको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा मृत्यु भएको छ ।


रुपनी गाउँपालिका वडा नम्बर १ स्थित पूर्व पश्चिम राजमार्गमा मंगलबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क १०८४ नम्बरको ट्रकको ठक्करबाट स्थानीय आजिम जानको १२ वर्षीय छोरा रहमान मियाँ शक्त घाइते भए पछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
स्थानीय आधारभुत विद्यालय खोक्सर प्रवाहमा कक्षा ५ मा अध्ययनरत बालकलाई विद्यालय जाने क्रममा बिहान ६ बजेतिर ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करले बालकको मृत्यु भएपछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, राति १० बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रक र टिपर चलाउन दिन पाउनुपर्नेसहितका माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध हुँदा दर्जनौं सवारी साधन थन्किएका थिए । मृतकका परिवारलाई क्षतिपूर्तिको सम्बन्धमा बिहीबार १ बजे प्रशासन कार्यालयमा छलफल गर्ने सहमति भए पछि सडक अवरुद्ध सुचारू भइसके को छ ।












