२६ असार, कञ्चनरूप । सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।हेलिकप्टरमा आगो लागेका कारण मृतकको पहिचान खुलेको छैन ।


सम्पर्क विहिन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।
दुर्घटनास्थलमा हेलिकप्टरमा सवार ६ मध्ये पाँच जनाको शव भेटिएको छ। अर्का एक जनाको अवस्था अज्ञात छ। सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन एनए–एमभी भएको हेलिकोप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो। क्याप्टेन चेतबहादुर गुरुङले हेलिकप्टर उडाएका थिए भने पाँच म्याक्सिनकन सवार थिए।













