२६ असार, कञ्चनरूप । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको पाइट सहित ६ जना यात्रु लिएर उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बूको लामजुरामा दुर्घटना भएको छ ।


मनाङ एयरका अनुसार एनए-एमभी कलसाइन भएको हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक भएको खुलेको छ ।
मङ्गलवार बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर दुर्घटना भएको हो ।













