Logo

सप्तरीमा स्थानीय तहको  बेथिति आम जनता मारमा 

                     
Logo २५ असार २०८०, सोमबार १९:३२    

२५, असार, कञ्चनरूप । सप्तरीका विभिन्न स्थानीय तहहरूमा निर्माण सम्पन्न आयोजनाहरूको भुक्तानी रोकीदा उपभोक्ताहरूले आन्दोलनमा उत्रिएका छन ।

जिल्लाका विभिन्न पालिकाहरूमा निर्माण सम्पन्न आयोजनाहरूको भुक्तानी दिने अन्तिम समयमा आएर विभिन्न बहानामा भुक्तानी नदिए पछि  उपभोक्ता समिति ,ठेकेदारहरू मारमा परेका छन ।

पछिल्लो पटक सप्तरीको राजविराज नगरपालिकाको  सडक बोर्डका योजना, ससर्त अनुदान अन्तर्गतका योजना, वडा स्तरीय योजनासहितका विभिन्न योजनामा काम सम्पन्न भइसकेको भन्दै भुक्तानीका वेला प्राविधिहरूले कमिसन मागेको र सो नदिदाँ बनिसकेको चेक नपाएको  आरोप लगाउँदै उपभोक्ताहरू तालाबन्दी गर्दै मुख्यद्वारमा धर्नामा बसेको बिनोद यादवले बताए ।

यता कञ्चनरूप नगरपालिकाले नियमअनुसार असार मसान्त २४ गते खातामा पैसा नभएको भन्दै काम गरेको भुक्तानी दिन नसक्ने बताएपछि उपभोक्ता समिति, ठेकेदार र कर्मचारीबीच तनाव भएको थियो भने उपभोक्ता र ठेकेदारले आन्दोलन गरे पछि आंशिक मात्रामा भुक्तानी पाउने भएका छन ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ । तर, नियमावलीले संघ सरकारलाई रकमान्तर गर्दै खर्च गर्ने छुट दिएको छ ।

यता तो भन्दा ठुलो विकराल समस्या भने सप्तरीकै  डाकनेश्वरी नगरपालिकामा रहेको छ । यस पालिकाका जनप्रतिनिधिहरू विभिन्न फौजदारी मुद्दामा आरोपित हुन थालेपछि पालिकाको कामकाज प्रभावित बनेको छ ।  नागरिकतासम्बन्धी कसुरको मुद्दामा उपप्रमुख मीरा कुमारी यादव   प्रहरी हिरासतमा छन् । पालिकाको वडा नम्बर ७ का वडाध्यक्ष शत्रुधन मण्डल माथि जिल्ला अदालतले एक वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ भने वडा नम्बर २ का वडाध्यक्ष रहमान मिया गत पुस २४ गते पुर्पक्षका लागि कारागार चलान भए । वडा नम्बर ३ का वडाध्यक्ष भागेश्वर यादव नागरिकता सम्बन्धी कसुर र लिखत सम्बन्धी कसुरमा तारेखमा छन् ।

यता राजविराज र शम्भुनाथ  नगरपालिका नगर प्रमुख विहीन छ ।  


लोकप्रिय छुटाउनुभयो कि ?