Logo

कञ्चनरूपमा रोजगार सृजनाकालागि दीर्घकालीन रणनीति पत्र निर्माण गर्न सुझाव संकलन कार्यक्रम 

                     
Logo २२ असार २०८०, शुक्रबार २०:४४    

२२ असार कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकामा रोजगार सृजनाका लागि दीर्घकालीन रणनीति पत्र निर्माण गर्न सुझाव संकलन कार्यक्रम समपन्न भएको छ ।

उपप्रमुख मुना कुमारी पोखरेलको अध्यक्षतामा आयो जित कार्यक्रममा सहजीकरण डा. विजय मिश्रले गरेका थिए । मिश्रले ऐन ,नियमावली र स्थानीय तहको रोजगार रणनीति निर्माण सम्बन्धी जानकारी दिए

कञ्चनरूप नगरपालिका रोजगार सेवा केन्द्रकी संयोजक कल्पना चौधरीले पालिका भित्र कति बेरोजगार छ्न, भने वास्तविक तथ्यांक समेत नरहेको बताइन् ।

कार्यक्रममा सहकारी संस्था , व्यपार व्यवसाय एवम् संघसंस्था  १२ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायत पत्रकारहरूको सहभागी रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?