२९ असार, कञ्चनरूप । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको छ ।


पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ख१८६५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको मे१ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिँदा ट्रक ब्यारेजको गेट नं १० नजिक नदिमा झरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले जानकारी दिनुभयो ।
नदिमा झरेको ट्रकमा सवार तीन जनालाई सकुशल उद्धार गरेको छ भने ट्रकको खोजी भइरहेको छ ।

सुनसरी प्रहरीका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्काउँदै ट्रक नदीमा खसेको छ । नदीमा खसेको ट्रक पानीको बहाव सँगै डुब्दै गएकोले देख्न छाडिएको प्रहरीले जनाइएको छ ।












