Logo

एमालेनेताले जिल्ला बैठकमा जान सहरी खानेपानी तथा सरसफाइको गाडी दुरुपयोग, गाडीदुर्घटना ६जना घाइते

                     
Logo २९ असार २०८०, शुक्रबार २०:५९    

२९, असार , कञ्चनरूप । एमालेका जिल्ला नेताले कञ्चनरूप सहरी खानेपानी तथा सरसफाइ आयोजनाको गाडी दुरुपयोग गरी बैठकमा सहभागि हुनको लागी जादा चालक सहित ६ जना दुर्घटना परि घाइते छन ।

सप्तरी जिल्ला बैठकका लागी कञ्चनरूपबाट राजविराज तर्फ जाने क्रममा सप्तरीको जण्डोल-बनौली सडकखण्ड अन्तर्गत अग्नीसाईर कृष्णासवरन गाउँपालिका गाउँपालिका ४ छ्पकीमा कञ्चनरूप सहरी खानेपानी तथा सरसफाइ आयोजना सप्तरीको बा.प्र ०१९०२७ च ४६४७ नम्बरको गाडी दिउँसो साढे १ बजे अनियन्त्रित भई दुर्घटना हुँदा एमाले जिल्ला स्तरीय नेताहरू घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेमा बच्चुलाल चौधरी, भुवन के सि, हरिहर बस्नेत, किरण पन्थी, सुनिता कटुवाल र चालक बालकुमार कटुवाल घाईते घाईते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको तथा उनीहरूको अवस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?