Logo

डाक्नेश्वरीकी उपप्रमुखको नागरिकता प्रकरणमा नयाँ खुलासा

                     
Logo ३१ असार २०८०, आईतवार २०:३४    

३१, असार राजविराज ।

नेपाल र भारतको नागरिकता लिएको आरोपमा मुद्दा खेपिरहेकी डाक्नेश्वरी नगरपालिका सप्तरीका उपप्रमुख मिरा कुमारी यादव प्रकरणमा नयाँ खुलासा भएको छ ।

विधानसभा निर्वाचन क्षेत्र नम्बर ४१ निर्मली सुपौल बुथ संख्या ५१ बाट २०८० असार १२ गते ९सन् २७ जुन २०२३० मा जारी भएको कागजमा २०७९ भदौ २६ ९सन् ११ सेप्टेम्बर २०२२० देखि मिरा र उनका पति महेन्द्र यादवको नाउँ हटाइएको खुलासा भएको हो ।

त्यहाँको मतदाता नामावलीमा रहेको क्रम संख्या ६३२ मिरा कुमारी यादव र क्रम संख्या ६३३ पति महेन्द्र कुमार यादव, पति पत्नीको आवेदन अनुसार २०७९ भदौ २६ गते बाट हटाइएको विधानसभा निर्वाचन क्षेत्रले जारी गरेको कागजमा उल्लेख छ ।

यसअघि अनुमंडलीय न्यायालय निर्माली सुपौलको सपथ पत्रमा २०७९ साउन १७ ९२ अगस्ट २०२२० मा नम्बर १८७३ मिरा र १८७४ मा उनका पति महेन्द्रले हस्ताक्षर गरेको कागज सार्वजनिक भएको थियो ।

उपप्रमुख मिरा र उनका पति महेन्द्र विरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारी भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गर्दा असार २० गते उनी आफै जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएकी थिइन् भने उनका पति महेन्द्र फरार छन् । हाल सप्तरी जिल्ला अदालतबाट तेश्रो पटक म्याद थप भएर उनी अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालयमा छिन् ।

डाक्नेश्वरी नगरपालिका वडा नं। ३ निवासी कृष्णकुमार यादवले असार १७ गते भारतीय नागरिक मिरा नेपालको नागरिकता समेत लिई उपमेयर बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै उच्च अदालतमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए ।

उपप्रमुख मिरा र उनका पति महेन्द्र भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा पहिलो पटका उजुरी परेको थियो ।

यो समाचार विनय कर्ण माई सञ्चार डटकमका लागी लेखेका हुन ।


लोकप्रिय छुटाउनुभयो कि ?