३१,असार कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाको सहरी खानेपानी तथा सरसफाइ आयोजनाको गाडी पार्टीको प्रयोजनमा जादा र दुर्घटना भएको विषयमा छानविन गर्न माग गरेका छन ।


नगरस्तरीय नेपाली कांग्रेसका नगर अध्यक्ष कैलास साह, नेकपा माओवादी केन्द्रका राजकुमार यादव, जनता समाजवादीका नगर अध्यक्ष सुदम्बर यादव, जनमतका नगर अध्यक्ष अनिल पन्जियारले आइतबार कञ्चनरूप नगरप्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रकाशकीय अधिकृत पुरुषोत्तम घिमिरेलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।
दलहरूले सहरी खानेपानी तथा सरसफाइ आयोजनाको गाडी पार्टीको काममा प्रयोग भएर दुर्घटना भएको विषयमा छानविन गर्न माग गरेका हुन ।

गत शुक्रबार सहरी खानेपानी तथा सरसफाइ आयोजनाका गाडी नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका भुवन केशी, कञ्चनरूप वडा नं. ६ का वडाध्यक्ष बच्चुलाल चौधरी सवार कञ्चनपुर सहरी खानेपानी तथा सरसफाइ आयोजना सप्तरीको बा–प्र ०१–०२७ च ४६४७ नम्बरको गाडी कञ्चनपुरबाट राजविराज जाँदै गरेको दिउँसो साढे १ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटना पछि कार्यालय प्रमुख इन्जिनियर हरिनारायण चौधरी सँग सम्पर्क गर्दा कार्यालयको कामका लागि जान्छु भनेर अध्यक्षले गाडी थियो ‘गाडी दुर्घटना भएपछि मात्रै आफूलाई जानकारी बताएका थिए ।’ कार्यालय प्रमुख चौधरीले कति खर्च हुन्छ भनेर यकिन गर्न नसकिएको बताएका थिए ।
यस अघि पनि नगरपालिकाको गाडी व्यक्तिगत काममा प्रयोग गर्दा २ जनाको ज्यान गएको थियो ।












