Logo

सप्तरी सदरमुकाम राजविराजमा मिटर व्याज पीडितको विजय जुलुस

                     
Logo १ श्रावण २०८०, सोमबार २०:११    

श्रावण १ राजविराज । सरकारले मिटर व्याज पीडितको समस्या सम्बोधनका लागी  विधेयक ल्याएको खुशियालीमा सप्तरी सदरमुकाम राजविराजमा सोमबार विजय जुलुस प्रदर्शन गरेका छन्  ।

मिटरब्याजी पीडित संघर्ष समिति सप्तरीका अध्यक्ष तैयव अलिको नेतृत्वमा मिटर ब्याज सम्बन्धी प्रतिस्थापन विधेयक २०८० पारित भएको खुशियालीमा मिटर ब्याज पीडितहरूले न्याय पाउने भन्दै विधेयकको समर्थनमा विभिन्न नारा लगाउँदै विजय र्याली निकालेका हुन ।

राजविराज स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको र्याली नगरको विभिन्न स्थान परिक्रमा गरे थिए भने पीडितहरूले  नेपाल सरकार जिन्दाबाद ,मिटरब्याजी पीडित संघर्ष समिति जिन्दावाद लगायतका नारा लगाउदै झाँकी सहित पीडितहरूले विजय जुलुस प्रदर्शन गरेका हुन  ।

संघर्ष समितिका केन्द्रिय प्रतिनिधि छेदी पासवान,  संघर्ष समिति सप्तरीका अध्यक्ष तैयव अलि तथा मिटर व्याज पीडित ललिता साहले सरकारले पीडितको पक्षमा एकपछि अर्को असल कदम उठाएको भन्दै उनले बल्ल गरिब विपन्नहरूमा सरकारको महसुस हुन थालेको र विधेयक अविलम्ब कार्यान्वयन गर्दै पीडक माथि कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन ।

सप्तरीमा हालसम्म ९ जना मिटरब्याजी विरुद्ध मुद्दा चलाइएको छ भने २ जनालाई नियन्त्रणमा समेत लिइएको छ । साथै हाल सम्म जिल्लामा  ४ सय ८८ वटा उजुरीमाथि छलफल र ५२ वटा उजुरीमा मिलापत्र भएको छ ।

जिल्ला प्रशासन कार्यालय राजविराजमा १ हजार ५ सय ८९ वटा उजुरी दर्ता छ ।


लोकप्रिय छुटाउनुभयो कि ?