Logo

कञ्चनरूपमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ

                     
Logo २ श्रावण २०८०, मंगलवार १३:१६    

२ श्रावण, कञ्चनरूप ।

सप्तरीको कञ्चनरूप- १२ धरमपुरमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन ।

पीडित बालिकाको किटानी जाहेरीका आधारमा  ४ जना पक्राउ परे पछि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

गत शुक्रबार राति नाबालिकामाथि सामूहिक बलात्कार गर्ने  कञ्चनरूप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश भनिने टेकराज पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ परेको  इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार राईले जानकारी दिए ।

‘शुक्रबार मध्यराति ती नाबालिकाको घरमै पसेर चारैजनाले कोही नबस्ने छेउको घरमा पुर्‍याएर कैलाशको निर्देशनमा पालैपालो बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनापछि ती नाबालिकाले परिवारलाई सुनाएपछि परिवारले किटानी जाहेरी दिएका आधारमा  प्रहरीले चारैजनालाई नियन्त्रणमा लिएको जनाएको भने घटनाबारे थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

पीडित किशोरीका अनुसार आफूलाई बलात्कार गर्नेमध्येका एक जनालाई आफूले तिहारमा दाजु मानेर टीका लगाएको  सम्झाउँदा पनि भए ता पनि छाडेनन्   । कम्तीमा टीकाको  लाज राख्नुस् भनेँ तर केही सुनेन् किशोरीले भनिन् ।


लोकप्रिय छुटाउनुभयो कि ?