१ श्रावण कञ्चनरूप । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेपाली काँग्रेस मधेश प्रदेशका अध्यक्ष प्रसाद यादवले मधेश प्रदेशलाई काँग्रेसमय बनाउनका लागी जनवर्गीय सङ्घसङ्गठनहरूलाई सक्रियरूप सञ्चालनमा ल्याउनु पर्ने बताएका छन ।


मन्त्री यादवले काँग्रेस प्रदेश सभा क्षेत्रिय समिति क्षेत्र नम्बर १“ख’’ सप्तरीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
तिरहुत आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले आगामी २०८४ को अगावै काँग्रेसका जनवर्गीय सङ्गठनहरूलाई सञ्चालनमा चुनाव पछि मधेश प्रदेश काँग्रेसमय हुने बताए ।

कार्यक्रममा काँग्रेस मधेश प्रदेश उपाध्यक्ष एवम् स्वास्थ्य मन्त्री विरेन्द्र सिंह, सप्तरीका सभापति रामदेव साह, सिरहा सभापति रामचन्द्र यादव, मधेश प्रदेश महामन्त्री पर्शुराम चौधरी लगायतकाले मन्तव्य व्यक्त गरे थिए ।
सप्तरीका स्थानीय तहमा निर्वाचित भएका काग्रेसका तहमा रहेका कार्यकर्ताको सहभागिता रहेको थियो ।












