Logo

कञ्चनरूपमा गर्भवती महिलासँग मेयर कार्यक्रम सञ्चालन

                     
Logo ५ श्रावण २०८०, शुक्रबार २१:४८    

०५ श्रावण, कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकामा गर्भवती महिलासँग मेयर कार्यक्रम सञ्चालनमा आएको छ ।

गर्भवती महिलासँग मेयर कार्यक्रम आज कञ्चनपुर नगर अस्पतालमा नगर प्रमुख ललन प्रसाद गुप्ताले शुभारम्भ गरेका छन ।

नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा कञ्चनपुर नगर अस्पतालको परिसरमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकता दिएर गर्भवती महिलासँग मेयर कार्यक्रम गरिरहेको बताउदैन गर्भवती महिलाको घर घरमै स्वास्थ्य सेवा पुर्याउने नीति अनुसार कार्य गरिरहेको बताए ।

आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको नीति अनुसार नगरपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराइरहेको नगर प्रमुख गुप्ताको भनाई थियो । गर्भवती महिलासँग मेयर स्वास्थ्य कार्यक्रमबाट लाभ लिन नगरवासी गर्भवती महिलासँग नगर प्रमुख गुप्ताले आग्रह पनि गरेका थियो । सबै वडाहरूका गर्भवती महिलासँग मेयर स्वास्थ्य कार्यक्रमले स्वास्थ्य सेवा दिदै नै जाने कुरा प्रस्ट पारे ।  

कार्यक्रममा नगर उपप्रमुख मुना पोखरेलले सबै गर्भवतीलाई स्वास्थ्य सेवा पुर्याउन जनप्रतिनिधिहरू लागिपरेको र नागरिकहरू स्वास्थ्य नगर नै स्वस्थ हुने बताई ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा लामो कार्यरत स्वास्थ्यकर्मी अम्बिका ओलीलाई विशेष सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै आलीले यो बिल्कुलै नयाँ कार्यक्रम भएकोले अन्य पालिकामा पनि हुनु पर्ने बताइन ।

कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसेवक यादव र स्वास्थ्य सहसंयोजक डम्बर प्रसाद गुप्ताले गर्भवती महिलासँग मेयर कार्यक्रममा आवश्यक लाभ लिन गर्भवती महिलालाई आग्रह गरेका थिए ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य, नगर सभा सदस्य, वडा अध्यक्षहरू कर्मचारीहरू गर्भवती महिला, स्वास्थ्य स्वयम् सेविकाहरू लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?