Logo

कञ्चनरूप नगरपालिकाद्वारा डोम समुदायका बालबालिकालाई साइकल वितरण

                     
Logo ५ श्रावण २०८०, शुक्रबार २२:३३    

०५ श्रावण, कञ्चनरूप ।

सप्तरीको कञ्चनरूप नगरपालिकाले समुदायबाट विद्यालय जाने बालबालिकालाई साइकल वितरण गरेको छ । बालबालिकालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो ।

नगरपालिकाले शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकालाई साइकल वितरण गरेको हो । कार्यक्रममा नगर प्रमुख ललन प्रसाद गुप्ताले डोम समुदायका बालबालिका पनि सशक्त भएमात्र पालिकाको विकास सम्भव हुने बताए । शिक्षा, स्वास्थ्य सहित प्रत्येक निकायमा पछि परेका डोम समुदायका बालबालिका अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

साइकल पाएपछि विद्यार्थी विद्यालयमा नियमित आउन थालेका छन् । यसबाट महिलाको शिक्षामा पहुँच वृद्धि हुने नगर प्रमुख गुप्ताले बताए ।  शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको नगर प्रमुख गुप्ताले बताए ।

साइकलले टाढा घर भएका विद्यार्थीलाई विद्यालय आउन सहज हुने नगर उप प्रमुख मुना पोखरेलले बताई। 


लोकप्रिय छुटाउनुभयो कि ?