Logo

सप्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

                     
Logo ८ श्रावण २०८०, सोमबार १८:३१    

८,श्रावण कञ्चनरूप । सप्तरीमा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।

जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर–२ अकबरपुर निवासी ३५ वर्षीय रामरूप खंगलाई पत्नी हत्याको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रामरूपले घरायसी विवाद हुँदा ३० वर्षीया श्रीमती पार्वती खंगलाई मरणासन्न हुने गरी गम्भीर घाइते भएकी थिइन । उपचारका क्रममा राजविराजस्थित अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । घट्नापछि प्रहरीले रामरूपलाई नियन्त्रणमा लिएको छ । रामरूपले पत्नीलाई कुटपिट गरिरहँदा बचाउन गएकी उनकी आमा ६१ वर्षीया समतोलिया खंग घाइते भएकी उनको राजविराजमा उपचार भइरहेको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?