९ श्रावण , कञ्चनरूप। सप्तरीमा विद्युतीय मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक किसानको ज्यान गएको छ ।


जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षीय उमेश मण्डलको सोमबार राति ८ बजेको समयमा मोटरबाट पानी तानी खेतमा सिँचाइ गर्ने क्रममा उक्त मोटरबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेका मण्डललाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।













