Logo

कञ्चनरूपमा अर्की १५ बर्षिया नाबालिका बलात्कृत

                     
Logo ९ श्रावण २०८०, मंगलवार २१:१२    

९ श्रावण कञ्चनरूप । कञ्चनरूपमा एक नाबालिका बलात्कृत भएको घटना सेलाउन नपाउदै अर्की नाबालिका बलात्कृत भएकी छिन् ।

नगरपालिकाको ११ मा १५ बर्षिया नाबालिकालाई लघुवित्तीय कार्यालय भित्रै बलात्कार गरिएको घटना सर्वजनिक भएको छ । बालिकालाई श्रृजनशील लघुवित्तीय संस्थाको कार्याकक्षमै हिजो आईतबार करिव पौने छ बजेको समयमा संस्थामा फिल्ड सहायक पदमा कार्यरत ईश्वर कुमार सदाले १५ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरी जनाएको छ ।

संस्थामा कार्यरत २६ बर्षिया सदा सिरहा जिल्ला नरहा गाउँपालिका २ चोहर्वा हाल उत्त संस्था फिल्ड सहायक पदमा कामकाज गर्दै आएका थिए । घटना भए लगत्तै स्थानीयहरुले सदालाई कुटपिट गर्दै प्रहरीलाई खवर गरेर जिम्मा लगाएका थिए । मामा घरमा बस्दै आएकी उक्त नाबालिकालाई बलात्कार गर्ने सदालाई जर्वजस्ती करणी मुद्धामा ७ दिनको म्याद थप गरि कार्यवाही अघि बढाइएको इलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दिपककुमार रायले बताए । एक हप्ता अघि कञ्चनरुप नगरपालिका १२मा एक नबालिकासँग सामुहिक बलात्कार भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?