१२ श्रावण कञ्चनरूप । सप्तरी तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुरमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।


जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वामा घर भएका २१ वर्षीय तीर्थनारायण मण्डलको शव शुक्रवार बिहान घर नजिकै हिलोमा फेला परेको र सोही ठाँउका अर्का युवक अजय घाइते अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
बिहान ६ बजे युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा प्रहरी टोलि खटी अनुसन्धान अगाडि बढाएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले बताए । घटना हेर्दा युवकको हत्या गरि फालिएको आशंका छ र घटना राती भएको हुनसक्ने, प्रहरीको अनुमान गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट युवकको हत्या भएको हुनसक्ने आशंका छ, एसपी कार्कीले भने, अन्य थप कुरा अनुसन्धानपछि खुल्नेछ ।












