१२, श्रावण ,राजविराज । राजविराज नगरपालिकाको हटियाभित्र अतिक्रमण अवैध संरचना नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी खाली गराउन शुरु गरको छ ।


नगरपालिकाको हटियाभित्र बिटौरी जग्गा आफ्नो नाममा भएको क्षेत्र बाहेक कुनै किसिमले ओगटेको सम्पूर्ण सार्वजनिक जग्गा खाली गर्न नगरपालिकाले सूचना जारी गरेको थियो ।
कार्यवाहक नगर प्रमुख इसरत प्रविणका अनुसार नगरपालिकाबाट पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेको पाइएपछि डोजर खटाएर उक्त संरचना भत्काउनु शुरु गरेको बताई। हटियाबासीले सूचनाको विरोध गर्दे अटेर गरिराखेका थिए ।














