Logo

सप्तरीको कञ्चनपुर नगर अस्पतालको लापरबाहीका कारण १६ बर्षिया एक युवकको मृत्यु 
युवकको कतिबेला ज्यान गयो कसैलाई पत्तै भएन 

                     
Logo १४ श्रावण २०८०, आईतवार २२:१२    

श्रावण १४ कञ्चनरूप  । सप्तरीको कञ्चनपुर नगर अस्पतालमा उपचारार्थ एक युवकको ज्यान गएको छ ।

कञ्चनपुर नगर अस्पतालमा उपचारका लागी आफै आएर भर्ना भएका सप्तकोसी नगरपालिका वार्ड न. ९ घर भएका  १६ का ओम प्रकाश कुमार खङ्गको मृत्यु भएको हो ।

ज्वरो आए पछि उपचारका लागी कञ्चपुर नगर अस्पतालमा बिहान ११ बजे तिर भर्ना भएका खङ्गलाई अस्पतालले साढे ४ बजे मृत्यु भएको घोषणा गरेको थियो ।

घरमा नै ज्वरो आएको र मुखबाट रगत आए पछि अस्पताल आउँदा समेत खङ्ग आफ्नो पुर्जा काट्ने लगायत भिडियो एक्सरे गर्न अस्पताल बाहिर सम्म आफै हिडेर आएका थिए । आफ्नो उपचारको सबै तारतम्य मिलाई बेड भर्ना भएका थिए ।

अस्पतालमा कार्यरत डाक्टरहरूले समयमा उपचारमा ध्यान नदीमा खङ्गको कतिबेला ज्यान गयो कसैलाई पत्तै भएन पछि साढे ४ बजे मृत घोषण गरे ।

खङ्गको मृत्यु पछि आफन्त लगायत अस्पताल घेराउ गरेका छन भने स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको छ । अस्पतालमा आक्रोशित भिडले ढुङ्गा प्रहार गर्दा समान्य क्ष्ती भएको छ ।

अस्पतालमा कार्यरत एक स्टाफले मृतकमा डेँगुको संकागरेको भने पछि अस्पताल प्रमुख डाक्टर सञ्जय गुप्तालाई सम्पर्क गर्दा उनले फोन कल उठाएनन् ।

नगर अस्पतालमा पटक पटक अस्पतालमा म्याद सकिएको औषधी वितरण गरिएको घटना बाहिर आइ रहेको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?