Logo

कञ्चनपुर अस्पतालमा युवक मृत्यु प्रकरण : उपचारमा संलग्न कार्यवाही सहित चारबुँदे सहमति

                     
Logo १५ श्रावण २०८०, सोमबार २०:२९    

१५ श्रावण कञ्चनरूप । कञ्चनपुर नगर अस्पतालमा हिजो मृत्यु भएका युवाका सम्बन्धमा सर्वपक्षीय बैठकले उपचारमा संलग्न निलम्बन गर्ने निर्णय सहित चारबुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको छ ।

कञ्चनपुर अस्पतालका सप्तकोसी नगरपालिका वार्ड न. ९ का वर्ष १६ को ओम प्रकाश कुमार खङ्गको स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको मृतकका आफन्त र स्थानीय बासीले सोमबार बिहानैदेखि नारावाजी गर्दै अस्पतालमा ढुंगामुढा प्रहार गरेका थिए ।

भिड नियन्त्रण गर्न प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारीहरू तितरबितर भएका थिए । आन्दोलनका कारण अस्पतालको सम्पूर्ण सेवा ठप्प भएको अस्पताल प्रशासनले जनाएको छ । सोही भिडले कञ्चनरूप नगरपालिकामा तालाबन्दी गरी पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गर्ने प्रयास गर्दा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मृतकको शव पोस्टमार्टम गर्न अस्पतालबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ  भने कञ्चनपुर स्थित इलाका प्रहरी कार्यालय भएको सर्वपक्षीय सहमति मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने र तत्काल किरियाखर्च लागि ५१ हजार उपलब्ध गराउने र पछि कार्यपालिकाको बैठकबाट निर्णय गरेर ५ लाख दिने,उपचारमा संलग्नलाई तत्काल निलम्बन गरिने , ७ सदस्य छानविन समिति गठन गर्ने र प्रतिवेदनको आधारमा कार्यवाही गर्ने सहमति भएको बताइएको छ ।

ज्वरो आए पछि उपचारका लागी कञ्चपुर नगर अस्पतालमा आइतबार बिहान ११ बजे तिर भर्ना भएका खङ्गलाई अस्पतालले साढे ४ बजे मृत्यु भएको घोषणा गरेको थियो ।

एक हप्ता अगाडि मात्रै अस्पतालमा म्याद सकिएको औषधी वितरण गरिएको घटना पनि बाहिरिएको थियो ।  


लोकप्रिय छुटाउनुभयो कि ?