१६ श्रावण कञ्चनरूप । कञ्चनपुर नगर अस्पतालका स्वास्थ्यकर्मीहरू ५ बुँदे अघि सार्दै स्वास्थ्य सेवा ठप्प पारि आन्दोलन उत्रेका छन ।


मंगलबार कञ्चनपुर नगर अस्पताल गेटमा भेला भएका डाक्टर तथा स्वास्थ्य कर्मी तथा कर्मचारीहरूले ५ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा जान चेतावनी दिएका छन ।
उपचारको क्रममा मृत्यु भएका सप्तकोसी नगरपालिका वडा न ९ कमलपुरमा रामदेव खेङ्गको छोरा वर्ष १६ को प्रकाश कुमार खंङ्गको प्रति गहिरो दुख व्यक्त मृत्युको कारण छानबिन समिति तथा पोस्टमार्टमबाट स्पष्ट हुने नै छ भन्दै कानुनी प्रावधान अनुसार घटनामा संलग्न दोषीलाई कारबाही तथा उचित क्षतिपुर्ति जस्ता प्रक्रिया हुँदा हुँदै १४ गते आइतबार बेलुकी देखि कञ्चनपुर नगर अस्पताल परिसर भित्र भएको उछ्र्र्लिङखल गतिविधि तथा अराजक गतिविधिको घोर भर्त्सना गर्दैछौ भन्दै ५ बुँदे विज्ञप्ति जारी गरेका छन ।

विज्ञप्तिमा भनिएको छ । घटना सन्दर्भलाई लिएर आज कञ्चनपुर नगर अस्पतालको अगाडि यस अस्पतालका सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारी लगायतको भेलाको निर्णय अनुसार तपसिलको माग पुरा गर्न सम्पूर्ण सरोकारवाला सँग जोडदार माग गर्दछौँ ।
तपसिलका मागहरू पुरा नभए सम्म नगर अस्पतालबाट दिइने सम्पूर्ण सेवा बन्द गरी यस नगर अस्पतालमा कामकाज गर्न असमर्थ भएको व्यहोरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।
उक्त मागहरू पुरा नभएमा हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौ यसबाट सर्वसाधारण बिरामीहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी छौ साथै स्वास्थ्य जस्ता संवेदनशिल स्थानमा स्वास्थ्यकर्मीको उचित माग प्रति गम्भिर हुन तथा स्वास्थ्यकर्मीहरूलाई कामको वातावरण निर्माण गरि दिन हुन सम्पूर्ण सरोकारवाला सँग हार्दिक अपिल गर्दछौँ । विज्ञप्तिमा उल्लेख ।
१) सञ्चार माध्यममा आएको डाक्टर लगायतका स्वास्थ्यकर्मीहरूको निलम्बन अविलम्ब फिर्ता हुनुपर्ने ।
२) शान्ति सुरक्षाको पूर्ण ग्यारेन्टी सहित नेपाल प्रहरीको बिट अनिवार्य २४ घण्टा उपलब्ध हुनुपर्ने ।
३) स्वास्थ्यकर्मीहरूमाथि भएको संघातिक हमला, ढुङ्गामुढा, अस्पताल तोडफोड, नगद तथा जिन्सी सरसमानहरू चोरी जस्ता घटनाको सत्य तथ्य छानविन गरी स्वास्थ्य संस्था सुरक्षा ऐन २०७५ बमोजिम कडा भन्दा कडा कारबाही हुनु पर्ने ।
४) नगर अस्पतालको दरबन्दी अनुसार कर्मचारी पदपूर्ति सामाग्री तथा भौतिक पूर्वाधार अविलम्ब पुरा हुनु पर्ने ।
५) छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरि दोषी उपर अविलम्ब कारबाही हुनु पर्ने ।
धर्ना कार्यक्रम गर्ने त्यस पछि तय गर्ने भन्दै उत्पन हुने परिस्थितिको जिम्मेबार सम्बन्धित निकाय तथा सम्पूर्ण सरोकारवाला हुने व्यहोरा जाकारी राउँछौ भनिएको छ ।













