१६ श्रावण कञ्चनरूप । पत्रकार मनोहरकुमार पोखरेलमाथि हातपात गर्ने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महतो निलम्बित भएका छन् ।


समाचार सङ्कलनका लागि सोमबार जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेललाई दुर्व्यवहार गर्दै कुटपिट गर्ने असई महतोलाई मङ्गलबारदेखि नै लागू हुने गरि उनलाई निलम्बन गरिएको सप्तरी प्रहरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
घटना भए लगत्तै निलम्बन गर्न जिल्ला प्रहरी कार्यालयले मधेश प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो ।

नेपाल पत्रकार महासंघ, सप्तरीले कुटपिट गर्ने असईलाई कारवाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएको थियो ।












