१९ श्रावण कञ्चनरूप । सप्तरीको राजगढ गाउँपालिकामा बिहीबार खेतमा मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।


गाउँपालिकाको वडा नं. ६ फकिरा टोल निवासी ५८ वर्षीया दुर्गी देवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खेतमा मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर घाईते भएकी उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगेकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।













