Logo

अवैध रूपमा फार्मेसी सञ्चालन गरेको भन्ने समाचार भ्रामक : कञ्चनरूप नगरपालिका

                     
Logo २१ श्रावण २०८०, आईतवार २१:२६    

२१ श्रावण, कञ्चनरूप । जिल्लाको कञ्चनरूप नगरपालिकामा सञ्चालित एक क्लिनिक अवैध रूपमा बिना रेडियोलोजिस्ट चिकित्सक वर्षोदेखि  अल्ट्रासाउण्ड सहितको फार्मेसी सञ्चालन गरेको भन्ने समाचार भ्रामक  रहेको जनाएको छ ।

पत्रकार बुद्धिजीवीहरूलाई सत्यतथ्य समाचार प्रकाशनको लागी अपिल गर्दै प्रकाशसित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ । उक्त समाचारमा यस नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सहसंयोजक डम्बर प्रसाद गुप्ताले अवैध रुपमा बिना रेडियोलोजिस्ट चिकित्सक बर्षौं देखि अल्ट्रासाउन्ड सहितको फार्मेसी सञ्चालन गरेको भन्ने समाचारको सत्य तथ्य पत्ता लगाउन यस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ।स्वास्थ्य शाखा, प्रशासन शाखा तथा स्थानीय पत्रकार सहितको टोली  समेत गई गरेको स्थलगत अनुगमनबाट जाँच बुझ गर्दा निजले अल्ट्रासाउन्ड राखी कारोबार गरेको नदेखिएकाले स्वास्थ्य शाखाको कर्मचारीको व्यक्तिगत चरित्र हत्या गर्ने किसिमबाट प्रकाशित समाचार प्रति खेद प्रकट गर्दछौँ  भन्दै कञ्चनरूप नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्षोत्तम घिमिरेद्वारा विज्ञप्तिमा उल्लेख छ ।

के के भेटियो स्थलगत अनुगमन चेक जाँचको क्रममा ?

अनुगमनका क्रममा औषधि पसल सञ्चालन डम्बर प्रसाद गुप्ताले २०५५/ ०५६ देखी अनुमति लिएर फार्मेसी सञ्चालन गरेको  देखियो भने, रेडियोलोजिस्ट सहितको अल्ट्रासाउन्ड गर्ने र बिरामी भर्ना, ल्याब सञ्चालन गरेको पाइएन ।

औषधि थोक बिक्रीको डम्बर प्रसाद गुप्ताले सुदामा फार्मेसीको अनुमति लिएर प्रत्येक वर्ष नेपाल सरकारका स्वास्थ्य हेर्ने निकायमा नवीकरण गरेको ।

औषधि खुद्रा बिक्रीको सुदामा फार्मेसीकै नाममा डम्बर प्रसाद गुप्ताका भाइले छुट्टै अनुमति लिएर प्रत्येक वर्ष नेपाल सरकारका स्वास्थ्य हेर्ने निकायमा नवीकरण गरेको ।

फार्मेसी अनुगमनमा कञ्चनरूपका प्रमुख प्रशासकीय अधिकृत पुर्षोत्तम  घिमिरे  प्रशासकीय अधिकृत नवराज खड्का शाखा स्वास्थ्य प्रमुख राम सेवक यादव एवम् स्थानीय पत्रकार सहितको टोलीले अनुगमन गरी मापदण्ड मै सञ्चालन भएको पाइको बताएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?