२१ श्रावण, कञ्चनरूप । जिल्लाको कञ्चनरूप नगरपालिकामा सञ्चालित एक क्लिनिकले अर्काको लाइसेन्स भाडामा लिएर अवैध रूपमा क्लिनिक सञ्चालनमा रहेको पाइएको छ ।


नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्य शाखा, प्रशासन शाखा तथा स्थानीय पत्रकार सहितको टोलीले स्थलगत अनुगमन गर्दा क्लिनिक सञ्चालन गर्न मासिक ७ हजार भाडामा लिएर अवैधरूपमा क्लिनिक सञ्चालनमा रहेको फेला पारेको छ ।
अवैध रुपमा क्लिनिक सञ्चालन गरिएको भन्ने समाचार आए पछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा गएको टोलीले अनुगमन गर्दा नगरपालिकाको ८ नं. वडामा नगर अस्पताल नजिकै रहेको युनिक उपचार क्लिनिक अवैध रहेको पाईको हो । क्लिनिक सञ्चालनका लागी चाहिने कुनै कागजात नरहेको देखिएको छ । सामान्य स्थाई लेखा नम्बर ( पान न.) लिएर नगरपालिकामा व्यवसाय दर्ता प्रमाण पत्रमात्र लिएको पाइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्षोत्तम घिमिरेले बताए ।

उक्त क्लिनिकमा MBBS डाक्टर समेत राखिएको अल्ट्रासाउण्ड समेत सञ्चालन रहेको पाइएको शाखा स्वास्थ्य प्रमुख राम सेवक यादवले बताए ।
एउटाको नाममा अनुमति लिएर अर्कोले सञ्चालन
युनिक उपचार क्लिनिकमा सामान्य स्थाई लेखा नम्बर ( पान नं.) लिएर नगरपालिकामा व्यवसाय दर्ता प्रमाण पत्रमात्र लिएको ।
क्लिनिक सञ्चालन गरेपनि सम्बन्धित व्यक्तिले अर्को व्यक्तिको लाइसेन्स भाडामा लिएर सञ्चालन गरेको ।
क्लिनिक सञ्चालकले रामेश्वर यादवले स्थानीय मदन प्रसाद गुप्ताको नाममा रहेको स्वास्थ्य लाइसेन्स प्रयोग गरेको ।
क्लिनिक सञ्चालकले स्वास्थ्य लाइसेन्स मासिक ७ हजार भाडामा दिएको ।
रामेश्वर यादवले सञ्चालन गरेको युनिक उपचार क्लिनिक , भाडामा लिएको लाइसेन्समा मदन प्रसाद गुप्ताको नाममा आरती मेडिकल रहेको ,
अनुगमन टोलीले रामेश्वर यादवले स्थानीय मदन प्रसाद गुप्ताको नाममा रहेको सम्पूर्ण काजग लगेको बताइएको छ । सञ्चालकलाई सात दिन भित्र आवश्यक कागजपत्रसहित प्रमाण लिएर प्रक्रियागत रुपमा उपस्थित हुनु पर्ने निर्देशन दिएको र नभएमा कार्यवाही गर्ने चेतावनी दिएको छ ।
क्लिनिक सञ्चालक रामेश्वर यादवले भने म पटक पटक स्वास्थ्य शाखा धाउदा समेत लाइसेन्सको प्रक्रिया अगाडि नबढाइएकोले लाइसेन्स भाडामा लिएर क्लिनिक सञ्चालन गर्न वाध्य भएको बताए ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ।स्वास्थ्य शाखा, प्रशासन शाखा तथा स्थानीय पत्रकार सहितको टोली समेत गई गरेको स्थलगत अनुगमन गरेको थियो ।












