Logo

वर्षाले किसानलाई ठूलो राहत 

                     
Logo २३ श्रावण २०८०, मंगलवार ११:४०    

२३ श्रावण, कञ्चनरूप ।   हिजोदेखि वर्षा भएपछि किसानहरूलाई राहत भएको छ ‌। अहिले पनि सप्तरी,सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा सहितका स्थानमा  वर्षा जारी छ ।

लामो समयदेखि वर्षा नभएपछि अधिकांश किसान धान रोप्न पाएका छैनन् । रोपेका पनी खेत धाँज फाटेर रोपेको घान डढ्न थालेको थियो । यो वर्षाले किसानहरूलाई अमृत पान गरेको जस्तो भएको छ ।

मानो रोपेर मुरी फलाउने समयमा खडेरी परेपछि धानखेती पर्याप्त मात्रामा गर्न नपाएका किसानलाई साउने झरीले राहत मिलेको हो ।

लामो समयसम्म मधेस प्रदेशका जिल्लामा पानी नपरेका कारणले किसान निकै चिन्तित बनेका थिए । दुःख गरेर रोपिएको धानखेतमा चिरा परेर धान सुक्न थालेका थिए । केही दिनदेखिको वर्षाले खेतमा पानी जम्ने अवस्था सिर्जना भएकाले किसानलाई ठूलो राहत मिलेको छ । यसले सुक्न थालेको धानलाई रक्षा गर्ने भएको छ ।

मौसम विभागका अनुसार तराई मधेशमा दुईतीन दिन अझै वर्षाको सम्भावना छ । अब कहिलेकाहीँ हल्का वर्षा भए रोपिसकेको धान उब्जि हाल्ने किसानहरूको विश्वासमा छन ।


लोकप्रिय छुटाउनुभयो कि ?