२३ श्रावण, लहान । सिरहा जिल्लाको बाढीका कारण लहान नगरपालिका ५ स्थित दलित बस्ती डुबानमा परेको छ भने झन्डा पार्क पनि बाढीले डुबाएको छ ।


लहान नगरपालिका भएर बग्ने खुट्टी खोलामा अत्यधिक बाढी आए पछि खोला छेउमा रहेका करिब ७ जनाको घरमा बाढी पसेको स्थानीयले बताएका छन ।
घरमै बाढी पसेपछि खान र बस्न समस्या भएको छ । आज कसैको घरमा खान पाकेको छैन । तत्काल राहतको व्यवस्था गर्नुपर्ने अवस्था देखिएको छ ।

लहानको खुट्टी खोला किनारमा सञ्चालीत रहेको झन्डा पार्क पनि बाढीले डुबाएको छ भने झन्डा पार्क बाढीले डुबेपछि पनि सेल्फी लिनेहरूको भीड लागेको छ ।












