Logo

सप्तरी जिल्ला प्रशासन कार्यालयको उर्दी :अनुमति बिना फोटो र भिडियो खिचे नपाइने 

                     
Logo २४ श्रावण २०८०, बुधबार १७:१४    

कञ्चनरूप । जिल्ला प्रशासन कार्यालय सप्तरीले फोटो, भिडियो अनुमति बिना नखिच्न उर्दी जारी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीद्वारा हस्ताक्षरित  सूचना जारी गर्दै फोटो र भिडियो नखिच्न उर्दी जारी गरेको छ ।

जारी गरेको सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन, पत्र पत्रिकामा राखेको पाइएकोले कर्मचारीको व्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदन सिलताका कारण आदेशानुसार यो सूचना जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

सूचनाको विपरीत गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी पनि सूचनामा उल्लेख गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?