Logo

जिल्ला प्रशासनको उर्दी पछि पत्रकारहरू आक्रोशित, तीन घण्टाभित्र सूचना फिर्ता नलिए आन्दोलनमा उत्रने महासङ्घको चेतावनी

                     
Logo २४ श्रावण २०८०, बुधबार १७:५३    

कञ्चनरूप । जिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालयको फोटो, भिडियो नखिच्न उर्दी जारी गर्दै निकालेको सूचना प्रति नेपाल पत्रकार महासंघ, सप्तरीले आपत्ति जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फोटो र भिडियो नखिच्न उर्दी जारी गरे पछि पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव र सचिव रामनारायण विश्वासले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै तीन घण्टा भित्र सूचना फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन ।

विज्ञप्तिमा भनिएको छ । साउन २४ गते राति ८ बजेसम्म सूचना फिर्ता नभए साउन २५ गते बिहानदेखि नै चरणबद्ध आन्दोलनमा उत्रने विज्ञप्तिमा महासङ्घले उल्लेख गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले जारी गरेको सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक सञ्जाल, अनलाइन, पत्र पत्रिकामा राखेको पाइएकोले कर्मचारीको व्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदन सिलताका कारण आदेशानुसार यो सूचना जारी गरिएको उल्लेख गरिएको छ ।

सूचनाको विपरीत गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी पनि दिइएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?