Logo

सप्तकोसी नदीमा उच्च खतराको संकेत,  कोसी ब्यारेजमा ५६ नै ढोका खुल्ला

                     
Logo २९ श्रावण २०८०, सोमबार ०७:२९    

कन्चनरूप ।अविरल वर्षासँगै सप्तकोसी नदीले खतराको तह पार गरे पछि अहिले कोसी ब्यारेजमा ५६ वटा ढोका खुला राखिएको छ।

शनिबार रातिदेखि परेको पानीले सोमबार बिहान पानीको तह ४ लाख ५२ हजार ७१० पुगेको कोसी ब्यारेजका प्रशासकले भने।

सप्तकोसी मा आइतबार रातिदेखि निरन्तर पानीको बहाव बढिरहेकाले अहिले कोसी ब्यारेजका ५६ मध्ये अहिले खतराको संकेत रातो बत्ती बालिएको छ । कोसी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।

सप्तकोसी अहिलेसम्मको इतिहासमा यो तेश्रो पटक ५६ ढोका खोलिएकोम हो । सबैभन्दा बढी सन् १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो। सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्युसेक पुगेको थियो।

कोसी ब्यारेजले सुरुवातका वर्षमा कोसी नदीले झन्डै आठ लाख क्युसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घट्दै गएको पाइन्छ। पछिल्लो समय कोसी ब्यारेज भन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुनेगर्छ।


लोकप्रिय छुटाउनुभयो कि ?