Logo

सप्तरीका शिक्षकद्वारा पालिकामा धर्ना 

                     
Logo २८ श्रावण २०८०, आईतवार १८:४८    

कञ्चनरूप । नेपाल शिक्षक महासङ्घको केन्द्रिय सर्कुलर अनुसार सप्तरीका १८ वटै पालिकामा धर्ना दिने कार्यक्रम आइतबार सम्पन्न गरेका छन् ।

सप्तरीमा रहेका सप्तकोसी, कञ्चनरूप, हनुमाननगर कंकालिनी,  राजविराज ,शम्भुनाथ  बोदेबर्साइन ,खडक  सुरुंगा नगरपालिकामा एवम् महादेवा ,रुपनी , बलानबिहुल,अग्निसाइर कृष्णासवरन ,तिरहुत , छिन्नमस्ता, विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकामा ११ बजेदेखि २ बजेसम्म ३ घण्टा धर्ना दिने कार्यक्रम गरिएको नेपाल शिक्षक महासंघ सप्तरीले जनाएको छ ।

संसद्‌मा पेश हुन लागेको शिक्षा विधेयक २०८० शिक्षक–कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलाफमा रहेको भन्दै विभिन्न शिक्षकहरूका संघ सङ्गठनहरूले ट्रेड युनियन अधिकारको माग गर्दै पालिकाहरूमा ज्ञापन पत्र पेश गरेका हुन् । कञ्चनरूप नगरपालिकामा नेपाल शिक्षक महासंघ कञ्चनरूप नगर समितिको नेतृत्वमा ज्ञापन पत्र बुझाएको छ । कञ्चनरूप नगरपालिकाका नगर प्रमुख  ललन प्रसाद गुप्ता निमित्त प्रमुख प्रशासकीय अधिकृत देवाकान्त चौधरी सहितको टोलीलाई ज्ञापन पत्र  बुझाइएको थियो भने

७ सय ५३ वटा पालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?