कञ्चनरूप । नेपाल शिक्षक महासङ्घको आव्हान देशव्यापी धर्ना तथा विरोध कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सप्तरीमा मंगलबार शिक्षकहरूले ३ घण्टा धर्ना दिएका छन ।


शिक्षा विकास तथा समन्वय इकाई सप्तरीमा बिहान ११ बजे देखि घण्टा धर्ना दिएका थिए भने धर्ना पछि इकाई कार्यालयका निमित्त प्रमुख विजय कुमार यादवलाई विभिन्न मागपत्र बुझाएका थिए ।
शिक्षकहरूले बुझाएको पत्रमा महासंघ र सरकारबीच भएका ३० बुँदे र ५१ सम्झैता कार्यान्वयन गर्नुपर्ने, निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च संघीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तर गर्नुपर्नेलगायत माग उल्लेख छ ।

यस अघि श्रावण २८ गते देशका ७ सय ५३ वटा पालिकामा सहित सप्तरीका १८ वटै पालिकामा धर्ना दिने कार्यक्रम गरेका थिए ।













