Logo

अबका दिनमा महिलाहरूले  हरेक तह र तप्कामा बराबरको अधिकार पाउनुपर्ने 

                     
Logo १६ भाद्र २०८०, शनिबार २०:५४    

अम्विबा दहाल , काठमाडौं । महिला आयोग कि सदस्य जया घिमिरेले महिला भनेको यो समाजको आधा हिस्सा रहेको र अबका दिनमा महिलाहरूले  हरेक तह र तप्कामा बराबरको अधिकार पाउनुपर्ने बताउनु भयो । हिजोको दिनमा महिलाहरूलाई मिठो खाना राम्रो लाउन र माइत जान पाउने बहाना थियो त्यसमा पनि जो माइत जान पाउँदैनथियो उसले  विरहको गीत गाएर रुदै बस्ने गर्दथे तर आजको युग धेरै परिवर्तन भैसकेको छ । अब महिलाहरू पनि शिक्षित भैसकेका छन् , राजनीतिकमा , विभिन्न संघ संस्थामा , सामाजिक कार्यमा महिलाहरू सहभागी रहेको र  सबै क्षेत्रमा पुरुष बराबर अधिकार नपाएको बताउनु भयो र अबको दिनमा महिला शिक्षित बनेर सबल बनेर पुरुष सरह अधिकार लिन  सक्छन् भन्नेमा  आफू विश्वस्त रहेको बताउनु भयो । सप्तरी आफ्नो छिमेकी जिल्ला भएकोले र  विगतमा राजनीति  जिम्मेवारी सप्तरीमा पनि पाएकोले आफूले राजनीति गर्दै आएकोले आफूलाई धेरै माया लाग्ने र सबैलाई आफूले सम्मान गर्ने बताउनु भयो ।

कार्यक्रममा सप्तरी बसोबास गरेका र विगत ३०  र ४० वर्षदेखि सप्तरी छोडेर काठमाडौं

बसोबास गर्दै आउनु भएका ७० वर्ष र ७० वर्ष माथिका  अग्रज महिला आमाहरूलाई प्रमुख अतिथि घिमिरेले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।  कार्यक्रममा  वृद्ध महिलाहरूले सँगै विद्यालय पढेका , क्याम्पसका साथी संगी बीच  लामो समय पछि भेट हुँदा हर्षले विमुख हुँदै अंकमाल गर्नुभएको थियो ।  कार्यक्रममा कानुन व्यवसायी , अवकाश प्राप्त शिक्षक , प्राध्यापक , सरकारी कर्मचारी , सामाजिक अभियन्ता , विद्यार्थी मानवाधिकारकर्मी , लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित धेरैले कार्यक्रम आयोजना गरेको र लामो समय देखि भौतिक रुपमा भेट नभएका साथीहरू बिच भेट्ने  अवसर जुराइदिएको भन्दै उपस्थित  सम्पूर्ण महिलाहरूले  आयोजक पक्षलाई धन्यवाद दिएका थिए

खासमा यो समितिको उद्देश्य सप्तरी बाट आएर काठमाडौंमा बस्ने महिलाहरूको भेटघाट , दुःख सुख बाँड्नै रहेको कुरा अध्यक्ष पार्वती राउतले बताउनु भयो ।

यो समिति साउन २६ गते ११ जनाको कार्यसमिति र ३ जना सल्लाहकार लगायत १४ जना रहेको र यो कार्यक्रम पहिलो रहेको बताउनु भयो ।  कार्यक्रममा उपस्थित सबलाई धन्यवाद दिदै यो समितिलाई सबैको सहयोगको अपेक्षा गरेको र सहयोग पाइरहने  विश्वास रहेको अध्यक्ष राउतले बताउनु भयो ।

बानेश्वरको कृष्टल मेनुमा भएको उक्त कार्यक्रमको  स्वागत  समितिकी कोषाध्यक्ष निशु काफ्लेले गर्नु भएको थियो र विषय प्रवेश सचिव अम्बिका दहालले गर्दै कार्यक्रममा उद्घोषकको भूमिका समितिकी सदस्य गीता सुबेदीले गर्नुभएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?