कञ्चनरूप । सप्तरीमा नयाँ एसपीको रुपमा गजुसिद्दी बज्राचार्य र डिएसपीमा ढुण्डीराज नेउपाने आउने भएका छन ।


एसपी बज्राचार्य नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखाबाट यहाँ आउन लागेका हुन भने डीएसपी नेउपाने जिल्ला प्रहरी कार्यालय काभ्रेबाट सप्तरी आउन लागेका हुन ।
सप्तरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) र नायब उपरीक्षक ( डीएसपी ) दुवैको सरुवा भएको छ ।

नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायब प्रहरी उपरीक्षक (डीएसपी) हरूको एकसाथ सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो सङ्ख्यामा एसपी र डिएसपीको सरुवा भएको हो ।
प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले शुक्रबार एकैसाथ उनीहरूको सरुवा गरेका हुन् ।
सरुवा भएकाहरूले भदौ महिनादेखिको तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने व्यवस्था गरिएको छ ।












