राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा हुने सबैखाले बेथिति अन्त्य गर्न सहकार्य जरुरी रहेकोले प्रशासन र पत्रकार बिचको सहकार्यलाई सुमधुर बनाउनमा कमी हुन नदिने बताएका छन ।


गत साता सप्तरी आएका उनले शुक्रबार जिल्लाका पत्रकारहरूसँग भेटघाट गर्दै यहाँका समस्याहरूको बारेमा छलफल गरेका छन् ।
पत्रकारको सुरक्षामा कमी आउन नदिने बताउँदै प्रजिअ थापाले प्रशासन र पत्रकार दुबै पक्षको एकआपसमा सम्मान व्यवहारले सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले समाजलाई हानी र कुनै व्यक्तिलाई फाइदा हुने किसिमले समाचारलाई स्थान नदिन आग्रह गर्दै जिल्लाको शान्ति सुरक्षामा अग्रसर हुन पत्रकारहरूले सुझाव दिएका थिए ।
सप्तरीमा खुल्ला सिमानाका कारण हुने चोरी निकासी, मिटर व्याज पीडितका नाममा हुने चलखेल, अस्पतालमा रहेको बेथिति, सडक दुर्घटना, स्थानीय तहहरूमा भइरहेको भ्रष्टाचारको घटना, विद्युत समस्या, खुलेयाम अखाद्य बस्तुको बिक्री वितरण, फोहर व्यवस्थापन, सरकारी कार्यालयमा हुने ढिलासुस्ती, कर्मचारी अभाव र विचौलियाको प्रभाव, लागू औषधको बिक्री तथा युवापुस्तामा पारेको प्रभाव, छाडा चौपायाले निम्त्याएको समस्या, सार्वजनिक स्थानहरूमा भइरहेको चोरीका घटना, हत्या तथा आपराधिक घटनामा भइरहेको वृद्धिले शान्ति सुरक्षामा चुनौती थपेकोले यसलाई नियन्त्रण गर्न अग्रसर हुन पत्रकारहरूले सुझाव दिएका थिए ।
पछिल्लो समय प्रहरी प्रशासनबाट पत्रकार माथि कुटपिट , समाचार सङ्कलनमा अवरोध, संविधान तथा मानव अधिकार उल्लङ्घनका घटनाले सप्तरीका पत्रकारहरू असुरक्षित रहेको भन्दै पत्रकारहरूले प्रजिअ थापाको ध्यानाकर्षण सम्बन्धमा प्रजिअ थापाले पत्रकारहरूले दिएको सुझावलाई गम्भीरतापूर्वक लिएको बताउँदै प्रजिअ थापाले क्रमशः कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवण कुमार देव, प्रेस स्वतन्त्रता सेनानी एवम् शाखा सप्तरीका पूर्व सभापति बैधनाथ झा, पूर्व सभापति धिरेन्द्र प्रसाद साह वरिष्ठ पत्रकार अनिल अनल , प्रेस युनियन सप्तरीका अध्यक्ष विनय लाल कर्ण , पूर्व केन्द्रिय सदस्य अबधेश झा, गणेशलाल देव, पत्रकार बृजमान तामाङ, नर्मदेव यादव, चन्दन यादव, , पत्रकार देवराम यादव, कृष्णा कुमार मण्डल लगायतको उपस्थित रहेको थियो ।
संविधान र मानवअधिकार उल्लंघन गरेको आरोप लागेका प्रजिअ भुपेन्द्र थापाको सरुवा भए पछि एकसाता अगाडि नयाँ प्रजिअको रुपमा किरण थापा आएका हुन ।












