Logo

राजविराजमा वैदिक संस्कृति समाजको खवरदारी र्याली

                     
Logo १५ भाद्र २०८०, शुक्रबार १८:१६    

राजविराज । सप्तरीको सदरमुकाम राजविराजमा वैदिक संस्कृति समाज सप्तरीले शुक्रबार खबरदारी र्याली गरको छ ।

सुनसरीको धरानमा गाई, गोरु काटेर सार्वजनिक रुपमा भोज गर्ने माथि अविलम्ब कारबाही गर्न माग वैदिक संस्कृति समाज खरदारी र्याली गरको हो ।

वैदिक संस्कृति समाज सप्तरीका अध्यक्ष रामकुमार शास्त्रीको नेतृमा गौ वंश संरक्षण गर, गौ हत्या बन्द गर नारा सहित विरोध प्रदर्शन गर्दै शिव मन्दिर बाट नगर परिक्रमा पश्चात शिव मन्दिरमा पुगेर कोण सभा परिणत भएका थिए ।

बाबा मोती लाल वैरागीले सुनसरीको धरानमा संवैधानिक प्रावधान विपरीत गाई गोरुलाई हत्या गरि सार्वजनिक रूपमै भोजको आयोजना गरेकोले सो घटनाको छानविन गरी दोषीलाई कार्यवाही गर्न बाबा वैरागीले माग गरे । त्यसै गरी वैदिक संस्कृति समाजका अध्यक्ष रामकुमार शास्त्रीले संविधान विपरीत कार्य गर्ने जो कोहीलाई कानुनी दायरमा ल्याई संविधानको रक्षा गर्दै धार्मिक, सामाजिक सांस्कृतिक एवम् सामुदायिक सद्भाव कायम राखी दोषीमाथि अविलम्ब कारबाही गरि शान्ति सुरक्षा एवम् समस्या समाधानका लागि यथाशीघ्र पहलका गर्न सरकारसँग माग गरे ।

त्यस्तै नेपालको संविधानमै गाई राष्ट्रिय जनावर उल्लेख गरिएकोले गाई हत्या रोकी संविधानको मूल मर्मलाई संरक्षण गर्न समता मूलक समाज निर्माण महा अभियानका उपाध्यक्ष सुनिता साह ९क्रान्ति० सरकारसँग माग गरिन ।

उनले नेपालको संविधानको भाग १ प्रारम्भिक धारा ४ को स्पष्टीकरणमा सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायतका धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अक्षीण राख्नु पर्ने प्रावधान रहेको बताइन । सोही भागको धारा ९ को उपधारा ३ अनुसार ,राष्ट्रिय जनावर गाई हुनेछ, स्पष्ट रहेकोले अव सरकारले नेपाली रुपैयाँमा गाईको चित्र राख्न संघीय सरकार समक्ष माग गरिन ।

 


लोकप्रिय छुटाउनुभयो कि ?