Logo

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

                     
Logo १५ भाद्र २०८०, शुक्रबार १४:१४    

कञ्चनरूप । सप्तरीको  पूर्वपश्चिम लोकमार्गमा अन्तर्गत  शम्भुनाथ सडक खण्डमा सावरी दुर्घटना हुँदा ४६ बर्षिया एक पुषको मृत्यु भएको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिका ३, शम्भुनाथ आयल ट्रेड सेन्टर छेउमा भएको सडक दुर्घटना सप्तरी डाक्नेश्वरी न.पा. ८ बस्ने ४६ बर्षिया  पुरनधर चौधरीको  उपचारको क्रममा युनिक अस्पताल रुपनीमा शुक्रबार मृत्यु भएको हो ।

पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको बा १५ च ९००३ न.को कारले विपरित दिशाबाट आउदै गरेको स६प २१८६ न.को मोटरसाइकलमा सवार चौधरीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सप्तरी राजबिराजका अनुसार कार चालक  मोरङ विराटनगर उप महानगरपालिका ११ बस्ने वर्ष ४५ को छत्र प्रसाद लुईँटेललाई कार सहित नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान कार्य जारी रहेको जनाएको छ । 

 


लोकप्रिय छुटाउनुभयो कि ?